अदालतबाट जेल सजाय तोकिएकी फरार नेकपा सांसद प्रदेशसभामा उपस्थित

 न्यूज विराट
अदालतबाट जेल सजाय तोकिएकी फरार नेकपा सांसद प्रदेशसभामा उपस्थित

विराटनगर, जेठ १४-सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएकी प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन बुधबार प्रदेशसभा सचिवालयमा सुटुक्क प्रवेश गरिन् । खातुन समानुपातिकतर्फ मोरङबाट निर्वाचित नेकपाकी सांसद हुन ।

हाजिरी पुस्तिकामा हाजिर पनि गरिन् । उनी प्रदेशसभा भवन प्रवेश गर्दा त्यहाँ खटिएका सुरक्षाकर्मीले नचिने जस्तो गरे । मियाँ पक्राउ परिनन् बरु सदनको कारवाहीमा सहभागी भइन् । न प्रदेशसभा सचिवालयले उनलाई रोक्यो नत प्रहरीले नै पक्राउ गर्‍यो ।

तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको अभियोग प्रमाणित भएपछि मियाँलाई उच्च अदालत विराटनगरले सांसद मियालाई दोषी ठहर गरेको हो । अदालतको फैसला आउनासाथ फरार भएकी मिया बुधबार प्रदेश १ को बर्खे अधिवेशनको पहिलो दिन सदनमा बिना कुनै हिच्कीचाहट उपस्थित भएकी हुन ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले अदालतको फैसलाको प्रति सदनलाई प्राप्त नभएकोले मियालाई निलम्बन नगरिएको बताउँदै आएका छन् ।

फरार सांसद एकाएक सदनमा उपस्थित भएपछि कतिपय सांसदले मुखामुख गरे भने पत्रकारहरुबीच पनि चर्चा परिचर्चा चल्यो । खातुनले पक्राउ पर्न सक्ने छनक पाएपछि भने सुटुक्क प्रदेशसभा सचिवालयबाट निस्किएर भागिन् ।

खातुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिएर सरकारी छाप दस्तखत कीर्ते गरेका थिए ।

शेख धाई मियाँको शेख सिलावर र दिलावर मियाँ दुई भाइ छोरा रहेको तर शेख सिलावरले आफू एक मात्र छोरा रहेकोले एकलौटी मोहियानी हक हस्तान्तरणका लागि कीर्ते गरी मिति २०७१ चैत ४ गतेको चलानी नम्बर ४८७ को गाविसको सिफारिस पत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएका थिए ।

कीर्ते मुद्दामा सांसद मिया, उनका श्रीमान शेख शिलबर मिया, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । कीर्ते मुद्दामा दोषी ठहर भएका गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका काराण थप दुई वर्ष सजाय भयो ।

गुलेफुन भने फैसलाविरुद्ध उच्च अदालत पुगिन । उच्चले शेख सिलबरलाई सफाइ दियो । बाँकी तीनजनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना फैसला गरिदियो । सांसद मियाले ११ महिना ५ दिन कैद बस्नु पर्नेछ तर उनी अदालतसमक्ष आत्मसर्मपण गर्नुको साटो बुधबार उल्टै संसदमै उपस्थित भईन ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अदालतबाट सजाय भएको सांसद सदनको कारवाहीमा सहभागी हुनु निर्लज्जताको पराकाष्ठा भएको बताउँदै भने,“संसदले निलम्बन नगर्नु पनि उदेकलाग्दो भइसक्यो ।”बाह्रखरि डटकमबाट साभार गरिएको  

सम्बन्धित समाचार

२४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ साउन-नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना देखिएको बताए । उनका अनुसार...

आगामी बजेटमा सिँचाइका लागि प्रयाप्त बजेट बिनियोजन गर्न सांसद मण्डलको सुझाव

विराटनगर, बैशाख १८–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले आगमाी बजेटमा कृषकका लागि प्रयाप्त सिँचाई सुविधा सहितको बजेट बिनियोजन गर्न सुझव दिएका छन् । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा सांसदहरुबिच आगामी बजेटमा समेटिनुपर्ने विषयवस्तुका विषयमा भएको...

सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै

विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको...

विश्वभर ५८ लाख संक्रमितले जिते कोरोना, अमेरिकामा मात्रै ११ लाखभन्दा बढी निको भए

काठमाडाैं, १७ असार-संसारभर झण्डै ५८ लाख जनाले कोरोना भाइरस (कोभिड(१९)लाई जितेका छन् । १ करोड ५८ लाखभन्दा बढी संक्रमितमध्ये ५७ लाख ९५ हजार जना निको भएका हुन् । संक्रमितमध्ये ५ लाख १३ हजारभन्दा बढीको मृत्यु...

कांग्रेसले प्रदेश १ मा टुंगो लगाउन सकेन उम्मेदवार

विराटनगर, ११ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस उम्मेदवार टुंग्याउने विषयमा अझै अलमलमा परेको छ । उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश १ मा नेपाली...

मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

बुटवल,  २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् ।  मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्