प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए

 न्यूज विराट
प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए

जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

एक स्वास्थ्यकर्मीसहित बारामा बुधबार ८ नयाँ कोरोना संक्रमित थपिएका छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरूको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । संक्रमितमध्ये अहेब पदका स्वास्थ्यकर्मी रौतहटका हुन भने अन्य ७ पचरौता नगरपालिका१, २, ५ र ७ का हुन् । संक्रमित हुनेमा १ महिलासमेत रहेकी छन् ।

सम्बन्धित समाचार

सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने...

झापाबाट सुरु भयो जनतासँग माओवादी तराई– मधेस जागरण अभियान

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अभियान उद्घाटन गरेका हुन् । झापाबाट सुरु भएको अभियान...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने

विराटनगर । विराटनगरमा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्कुलले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।...

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

कलवार महासंघको साधारणसभा विराटनगरमा सुरु

विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...

मोरङमा २२६ जनाको उम्मेदवारी, कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशतर्फको निर्वाचनमाा १८ पदको लागि मोरङमा २ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा १०८ र प्रदेशतर्फ १ सय १८ जना उम्मेदवारले आइतबार...

पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्