सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

 न्यूज विराट
सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

काठमाडौं, १३ जेठ-आज बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री  सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूमै नयाँ नक्सा जारीपछि संविधान संसोधनका बारेमा र सरकारको तयारीबारे जानकारी गराएका थिए ।

संविधान संशोधनको प्रस्ताव ९ जेठमा संसदमा दर्ता भएको छ । सोही अनुरूप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरूप मिलाउन सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

संविधान संशोधन गर्नको लागि आम सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसेको थियो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्नुपर्छ भन्ने कुरा आएको छ, हामी कांग्रेस केन्द्रीय समितिको निर्णयको पर्खाइमा छौं ।’

७ जेठमा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत भूभाग समेटिएको नेपालको नक्सा राजनीतिक तथा प्रशासनिक सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

प्रदेश २ का विभिन्न ठाउँमा दीपावली

जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र...

भगत परिवारको घर भत्काएपछि रतुवामाईका मेयर विवादित, मेयरविरुद्ध खनिए स्थानीय राजनीतिक दल

विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...

हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्