चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

 न्यूज विराट
चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ जेठ-पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

अहिलेको २१औँ शताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन् । दलित आयोगका पूर्वअध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए ।

पूर्वसांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरू हुने गरेको बताए । ग्रामीण क्षेत्रमा जातीय विभेदविरुद्धका अभियान सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

सम्बन्धित समाचार

कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि...

आफ्नै पार्टीबाट निकालिए विकासवादी नेता महाथिर

एजेन्सी, जेठ १७-मलेसियाका विकासवादी तथा लोकप्रिय नेता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै पार्टीबाट बर्खास्त भएका छन् । बरसातु पार्टीबाट महाथिर, उनका छोरा र अन्य तीन जना वरिष्ठ नेताहरु निस्कासनमा परेका हुन् । यद्यपि ९४ वर्षीय...

हेटौँडामा गरिएको परीक्षणमा १ सय १६ जनालाई कोरोना

हेटौँडा, ७ असार-बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्ष्णमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा प्रयोगशाला स्थापना गरेदेखि...

संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी

जनकपुर, २९ वैशाख-सप्तरीमा १ जना १८ वर्षीय युवा कोरोना भाइरस संक्रमित भेटिएसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ । जिल्लाको डाक्नेश्वरी गाउँपालिका ३ का १८ वर्षीय युवाको प्रयोगशाला परीक्षण रिपोर्ट आज...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छःमन्त्री मगर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड...

प्रचण्ड-नेपाल समूहले जलाएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...

२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल

काठमाडौं, १३ जेठ-टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने...

ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्