काठमाडौं, १३ जेठ-आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली रहनुका साथै स्थानीय वायुको पनि प्रभाव रहेकाले आज पनि वर्षाका सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्हपछि देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडीमा सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै, मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी ३ दिनको मौसमपूर्वानुमान
मंगलबार
दिउँसोः देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागहरूमा अपरान्ह पश्चात सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहनेछ । पूर्वी र मध्य भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बुधबार
दिउँसोः देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागहरूमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा साथै पश्चिमी पहाडी भुभागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहनेछ । पश्चिमी भूभागहरूमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी भूभागका १/२ स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बिहीबार
दिउँसोः देशको पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरूमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको मध्य र पूर्वी भभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।