दुरुत्साहन मुद्धामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

 न्यूज विराट
दुरुत्साहन मुद्धामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

बागलुङ, १० जेठ-बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले थुनामा राख्न आदेश दिएको हो । उनलाई कारागारमा राख्न अदालतले आदेश दिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान दवाडीविरुद्ध सम्झनाका बुबा खड्कबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

तनहुँको व्यास नगरपालिका–८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदै आफूसँग सम्बन्धमा रहेको र उनैको व्यवहारका कारण आत्महत्या गर्नुपरेको सम्झनाले सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ । सम्झनाले गत वैशाख १६ गते बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।  रासस

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो । आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने...

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...

प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित, २४ घन्टामा ४४ जनामा संक्रमण पुष्टि

सोल, २३ असार-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्