राष्ट्रपति, प्रधानमन्त्रीसहित देउवालाई नयाँ नक्सा हस्तान्तरण

 न्यूज विराट
राष्ट्रपति, प्रधानमन्त्रीसहित देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं, ९ जेठ-नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

त्यस्तै, मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि नक्कास हस्तान्तरण गरेकी छिन् ।

गएको जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

कामु गभर्नर शिवाकोटीले थाले काम

काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...

सशस्त्र प्रहरी बल रानीका डिएसपी तानिए, विराटनगरको सीमा नाकामा कडाइ

विराटनगर । सशस्त्र प्रहरी बल मोरङको विराटनगर रानी प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी तानिएका छन् । रानी नाकाका डीएसपी ऋषिकेश राउतलाई सशस्त्रको नं. १ बराह बाहिनीमा तानिएको हो । बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको...

रञ्जन कोइरालाको रिहाइ प्रति प्रदेश सांसदहरूको बिरोध

विराटनगर, साउन ९–सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदालतले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् । संसदको शून्य...

मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...

लामो दूरीका सवारी साधन बन्द गरिने

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्