रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

 न्यूज विराट
रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् ।

वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म मर्मत सम्भार र रङ्गरोगन नभएपछि भवन जीर्ण भएको थियो भने भवनको अवस्थालाई हेरर चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले १० लाख बजेट विनियोजन गरेपछि अहिले भवनको मर्मत सम्भार र रङ्गरोगन भएको देखेर प्रमुख पराजुलीले प्रशंसा गरे ।

विगतमा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको रुपमा परिचित सो कार्यालयबाट रासस बुलेटिन प्रकाशित भइरहेको थियो भने सो बुलेटिन वि.स.२०५७ मा प्रकाशन हुन बन्द भइ समाचार सङ्कलन र सम्प्रेषणको काम मात्र भइरहेको यो कार्यालय अहिले प्रदेश कार्यालयको रुपमा रहेको छ ।

प्रमुख पराजुलीले आज कार्यालयको निरीक्षण गर्दै भवनको निर्माणमा बाँकी रहेका काम सम्पन्न गर्न अगामी बजेटमा थप १० लाख बिनियोजन गर्ने घोषणा गरे । प्रमुख पराजुलीले आजै कार्यालय परिसर भित्र दुई वटा अम्रपाली आँप र एक वटा अनारको बिरुवा रोपे । सो अवसरमा रासस प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि तथा निर्माणका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल

जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

सुझाबको भोको छु : एसपी दीपक पोखरेल

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् । मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट मंगलबार पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।...

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...

मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्