रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

 न्यूज विराट
रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ ।

शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेस मेहताले जानकारी दिनुभयो । उनी जेठ ७ गते भारतको अहमदाबादबाट घर्रुचोक आएको रतुवामाई नगरपालिकाका नगरप्रमुख रवीन राईले बताए ।

उनीसँगै आएका अन्य २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । त्यस्तै बिहिबार भारतको दिल्लीबाट आएका तीन जनामा गरिएको परिक्षणमा सोही वडाका २५ वर्षिय युवकमा आरडिटि पोजेटिभ देखिएपछी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशालामा स्वाब पठाइएको रतुवामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।

यस अघि जेठ २ गते रतुवामाई नगरपालिका–१ सोनापुर नाका स्थित मकैबारीबाट लुकिछिपि नेपाल प्रवेश गरेका स्थानीय २५ वर्षिय युवकमा कोरोना पुष्टि भएको थियो ।

भारतका विभिन्न ठाउँबाट सीमा सम्म आइपुगेका रतुवामाईका नागरिकहरुलाई सीमा क्षेत्रबाट उद्धार गरी ल्याउने क्रम जारी रहेको रस्थानीयको सम्पर्कमा पुग्न नदिई शंकास्पद व्यक्तिहरुलाई सिधै क्वारेन्टाइनमा निगरानीमा राखेर परिक्षण सुरु गरिएको नगरप्रमुख राईले बताए ।

सम्बन्धित समाचार

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १ जेठ-झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार)  बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

गल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । नारी दिवसको अवसर पारेर ‘ गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले...

मनमोहन प्राविधिक विश्वविद्यालयमा वातावरणीय प्रभावबारे छलफल

विराटनगर, ४ पुस-मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको छ । विश्वविद्यालय निर्माण सम्पन्न हुँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव मुल्यांकनका विषयमा...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

लागुऔषध किन्न टेलिकमको तार चोरी

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्