नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ९-नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये पुरुष ४ सय ३३ छन् भने महिला ७४ जना रहेका छन् । ७० जना भने निको भएर घर फर्किएका छन् । आज मात्रै २१ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टाको अवधिमा ३ हजार ८ सय ११ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ३ हजार ४ सय २१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

नेपालमा कुल ४२ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी आरडीटी ८२ हजार १ सय १६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । आइसोलेसनमा ४ सय ३३ जना रहेका छन् ।

सम्बन्धित समाचार

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, ६ फागुन । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल,...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...

सुदूरपश्चिममा जसपाले गठबन्धन तोड्यो

कैलाली । जनता समाजवादी पार्टी सुदूरपश्चिमले गठबन्धन तोडेको छ । केन्द्रीय सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश स्तरमा पनि...

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् । संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा...

प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग

प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने...

आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्