दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

 न्यूज विराट
दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

दार्चुला, ८ जेठ-नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक १ सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमीटर सडकखण्ड सेनामार्फत् निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका–२ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आज त्यहाँ सुरक्षा फौज तैनाथ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको छ ।

चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा–१ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १२ सय जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।

घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न  जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्ने छन् । रासस 

सम्बन्धित समाचार

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

प्रधानमन्त्री अभिव्यक्तिमा कांग्रेसले माग्यो सरकार र नेकपाको संस्थागत धारणा

काठमाडौं, ३१ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोमबार सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।...

सबै जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

काठमाडौं, २ भदौ-संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन,...

त्रिविको अनलाइन कक्षा : शिक्षक र विद्यार्थीको हाजिरी, आचारसंहिता उल्लंघन गरे कारबाही

काठमाडौं, १४ वैशाख-त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट पढाउन निर्देशिका तयार पारेको छ । कोरोना भाइरस कोभिड १९ का कारण कक्षा कोठा बन्द भएपछि विश्वविद्यालयले अनलाइनबाट पढाउन लागेको हो । अनलाइन कक्षा सञ्चालन गर्न हरेक विभाग, स्कुल क्याम्पसले...

विराटनगरमा आज ७१ संक्रमित थपिए ?

विराटनगर, १४ असार । मंगलबार विराटनगरमा ७१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ११ जना पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ८ सय...

निर्वाचन आयोगले भन्योः नेकपा एमाले दर्ता गर्न निवेदन आएको छ 

काठमाडौं, १६ असार -नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।हिजो (सोमबार) सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘नेकपा...

जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला...

विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

गाईघाट,  २३ असोज-जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्