प्रदेश ५ ले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

 न्यूज विराट
प्रदेश ५ ले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बुटवल, ८ जेठ-प्रदेश-५ सरकारले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस पटक निती तथा कार्यक्रममा स्वास्थ्य, कृषि, रोजगार र विकास निर्माणलाई प्राथमिकता दिइएको छ । प्रदेशसभाको बजेट अधिवेशन भोलिबाट सुरु हुँदैछ ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले प्रदेशमा आइसोलेसन बेड थप गर्ने निर्णय पनि गरेको छ । तराईका जिल्लामा २ सय बेड र पहाडका जिल्लामा ५० बेडेको आईसोलेसन केन्द्र बनाउने निर्णय गरिएको हो । निर्माण हुने आइसोलेसन केन्द्रमा पीसीआर पोजेटिभ देखिएको र लक्षण नदेखिएका बिरामीलाई राखिनेछ । उक्त आइसोलेसन केन्द्रमा लाग्ने खर्च कोभिड-१९ कोषबाट दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, बैठकले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा बीमा बापतको १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित समाचार

विद्युतको खपत घटेपछि कुलमानको आग्रह ‘ग्यास हैन इन्डक्सन चलाउनुस्’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो ।...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको...

अनुसन्धानमा अब्बल प्रहरी नायव निरीक्षक खत्री अवकाश, भव्य भयो विदाई

विराटनगर । अपराध अनुसन्धनमा अब्बल कहलिएका प्रहरी नायव निरीक्षक भीम बहादुर खत्री अवकास भएका छन् । धनकुटा फलाटे ३ घर भएका खत्री आइतबार उमेर हदको आधरमा अनिवार्य अवकाश भएका हुन् । उनी २०५१ साल चैत्र...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...

गाँजा बरामद गरेपछि प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

चितवन, २७ वैशाख-पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराती प्रहरीले १ राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला...

कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्