बुटवल, ८ जेठ-गुल्मी मदाने गाउपालिका-६ पुर्कोट दहका ४१ वर्षीय पुरुष कोरोना भाइरस संक्रमणबाट मृत्यु भयो । उनको उपचारका क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । तर, १ चैतमा संक्रमित पुरुषलाई अर्घाखाँचीबाट अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकलाई भने कोरोना परीक्षणका लागि खोजबिन नगरेपछि उनले आफैँ पहल गरेर कोरोना परीक्षण गरेका छन् ।
सरकारी निकाय कहीँ कतैबाट खोजबिन नभएपछि रोहिणी गाउँपालिकाको धकधईमा रहेको स्वास्थ्य केन्द्र पुगेर उनले आरडीटी विधिबाट कोरोना परीक्षण गराएका हुन् । परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सरकारले कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भने पनि संक्रमितको मृत्यु हुँदासमेत सरकारी निकायबाट खोजबिन नगरेपछि उनले आज आफैँ पहल गरेर कोरोना परीक्षण गरेका हुन् ।