डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

 न्यूज विराट
डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले जानकारी दिएका छन् ।

विश्वभरी कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरूलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

उनले भने, ‘हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं ।’

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने डब्लुएचओलाई थप सहयोग गर्ने भएको हो । अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो ।

विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।

सम्बन्धित समाचार

बालवालिकाहरुलाई साइबर सुरक्षा सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च...

विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर...

कोशी अस्पतालमा बेथीति रोक्न माग, १७ बुद्धे मागसहित कर्मचारी युनियनले बुझाए ज्ञापनत्र

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र भएको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर भएको बेथीति रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अस्पताल विकास समितिका अध्यक्ष र मेसुबाट भएको गैरकानुनी नियुक्ति र विकास निमार्णको कामहरू रोक्न...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

रुकुम घटनालाई लिएर संसद अवरुद्ध

काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ असोज-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार...

कोभिड–१९ विरुद्ध जुध्न जर्मनीले २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका मेयर, उपमेयरसहित सवै जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने भउको छ । महानगरपालिकाले प्रशाकित गरेको सूचना बमोजिम सवै जनप्रतिनिधिहरुको सपथग्रहण जेठ ९ गते सवा ११ बजेदेखि महानगरपालिकाको सभाकक्षमा हुनेछ । सपथग्रहणका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्