बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

 न्यूज विराट
बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले १-१ गोल गरे । खेलको ४०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पाभार्डले ८०औँ मिनेटमा गोल गरेपछि बायर्न २-० ले विजयी भएको हो । जीतपछि शीर्ष स्थानको बायर्नको २६ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको समान खेलबाट ५४ अंक छ । आइतबार राती नै भएको खेलमा कोल्न र माइन्जले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु

एजेन्सी, असार १५-बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान  भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

सिन्धुपाल्चोकमा बाढी : हेलिकोप्टर लिएर घटनास्थल जाँदै सभामुख

सिन्धुपाल्चोक, २५ असार-सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

मोर्डन एरा लिटिल च्याम्स भव्य, मानुश्री आचार्य भइन् मिस मोर्डन एरा

विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्