‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

 न्यूज विराट
‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह मुस्लिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश २ को प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी टोलीले सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेको साथबाट प्रहरीले थ्री फिप्टी पेस्तोल, त्यसमा लाग्ने गोली १ थान त्यसैगरी पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र त्यसमा लाग्ने गोली ५ थान बरामद गरेको छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

युएनडीपीद्धारा कोशी अस्पतालाई सरसफाइ सामाग्री वितरण

विराटनगर । युएनडीपीद्धारा विराटनगरस्थित कोशी अस्पताललाई सरसफाइ गर्ने उपकरणहरु हस्तान्तरण गरेको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी १० लाख ८४ हजार ८ सय ३८ मुल्य बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।युएनडीपका प्रोग्राम कोडिनेटर...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

सभामुखलाई राजीनामा गराउनु अमर्यादित खेल : एमाले नेता कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर काँग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन्...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

काठमाडौं, २३ असोज-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका अनुसार...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

क्वारेन्टाइनमा म्याद नाघेको चामल

बाजुरा, २५ वैशाख-बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्