काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

 न्यूज विराट
काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

काभ्रे, ४ जेठ-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् ।

आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जंगल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए । ‘नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन’ तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए ।

यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । ती महिलाको कारोना भाइरसका कारण मृत्यु भएको शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत बिहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो ।

मध्यपूर्वी पहाडबाट काठमाडौं राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन् । बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मंगलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ ।

धुलिखेल अस्पतालमा भने मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको अस्पतालका प्रवक्ता एवं प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण स्वाब संकलन गरिएको छ । रासस

सम्बन्धित समाचार

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

चीन र भारतको जनसंख्याभन्दा बढी खोप बनाउने तयारी

एजेन्सी, असार ११-कोरोना भाइरसको महामारीको उपचार र त्यससँग सम्बन्धित तयारीबारे नजिकबाट नियालिरहेको एक प्रभावशाली संगठनले कोरोना भाइरसविरुद्धको चार अर्ब खोप उत्पादनको क्षमता रहेको बताएको छ । कोरोनाविरुद्धको खोपका ९ परियोजनामा यो संगठनले काम गरिरहेको छ...

प्रदेश १ मा कोरोनाको दैनिक नयाँ रेकर्ड, आज १२९८ संक्रमित थपिए

विाटनगर, ५ जेठ । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले...

एनसीडिए मोरङको होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्