महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

 न्यूज विराट
महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।

नगरकालिकाले ४ र ५ जेठमा उक्त परीक्षण गरिने पनि जनाएको छ । नगरपालिकाको अनुरोधमा स्वास्थ्य कार्याल ललितपुरमार्पत ५०० जनाको कोभिड-१९ परीक्षण गर्न लागिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए ।

उनका अनुसार कोभिड-१९ जोखिमको सूचीमा परेका जिल्लाबाट आएका व्यक्ति, फोहोर व्यवस्थापनमा खटिने श्रमिक, विदेशबाट आएका व्यक्तिहरूको परीक्षण गर्न लागिएको हो । नगरपालिकाले तोकिएको मितिमा इमाडो स्वास्थ्य चौकी र लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क राख्ने आग्रह गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो । एसी...

सप्तकोशीको कटानबाट प्रभावितलाई स्थानान्तरण गर्नू:गृहमन्त्री खाण

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सप्तकोशीको...

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बीपीमा कोरोनाबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु

विराटनगर,  २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ ।  प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्