काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा रुपान्तरकारी योजना अघि बढाउने जनाएको छ । त्यस्तै, राष्ट्रिय गौरवका आयोजनलाई पनि निरन्तरता दिने उल्लेख गरेको छ ।
शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पव्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।राष्ट्रिय योजना आयोगले १५ औँ पञ्चवर्षीय योजना योजना १८ रुपान्तरणकारी योजना राखेको छ ।
सरकारले आगामी कार्यक्रमलाई कार्न्वायन गर्नको लागि अधिकतम् आन्तरिक स्रोत परिचालन गर्ने जनाएको छ । दातृ निकायको प्राथमकिता बदलिएको र स्रोत खुम्चिको अवस्थामा आन्तरिक स्रोतबाट काम गरिने उल्लेख राष्ट्रपतिले गरेकी छन् । रुपान्तरणकारी योजना र राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा र लागतमा सक्ने राष्ट्रपतिले उल्लेख गरेकी छन् ।