कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

 न्यूज विराट
कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी टीओटी विषयको प्रशिक्षण कार्यक्रमको बिहीबार बिहान उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कार्यक्रम उद्घाटन गर्दै भनेका कुरा उद्धृत गर्दै संगठनका अध्यक्ष शंकर भण्डारीले भने, ‘कोरोना भाइरसमाथि मानव जातिले विजय प्राप्त गर्नेछ । यही विजयको बिन्दुबाट नयाँ राज्य व्यवस्था पनि ल्याउनेछ । अहिले चलेको राज्यव्यवस्था लगभग असफल भएकाले अब समाजवादी राज्य व्यवस्था नै यसको विकल्प हो ।’

प्रचण्डले अहिलेको संकटको समयमा नेपालमा पनि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले कोरोनाको महामारीका बीच राष्ट्रियताको विषय पेचिलो भएर आएको र यसको हल गर्नुपर्ने बताएका थिए । उनले भने, ‘विश्वभरि कोरोनाको महामारी फैलिएको छ । लकडाउन जारी छ । छिमेकीले हाम्रो भूमिमा सडक बनाएको छ । यो समयमा राष्ट्रियता प्रमुख बनेर आएको छ । समस्याको समाधान गर्नुपर्छ ।’

सम्बन्धित समाचार

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, २२ साउन-राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।  बिहान ११ बजेबाट...

देशभर ३१६ जनामा कोरोना पुष्टि, पीसीआर परीक्षण घट्यो

काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो

काठमाडौं, साउन ३१।  हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ । ७...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

प्रदेश १ प्रदेशसभाको बैठकः नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्