काठमाडाैं, १ जेठ-यूएई सरकारले भिजिट र इम्प्लोइमेन्ट सबै किसिमका भिसामा लागेको जरिमाना (फाइन)हरू मिनाहा गरेको छ । पहिले १ मार्चयता लागेको फाइन मात्र मिनाहा गरेको थियो भने पछिल्लो निर्णयले १ मार्चभन्दा अघि भिसा सकिएर लागेका फाइनहरू पनि मिनाहा भएको छ ।
साथै, इमिरेट्स आईडी कार्ड र लेबर कार्ड (वर्क पर्मिट) मा लागेको जरिमाना पनि मिनाहा भएको छ । जरिमाना मिनाहा हुनेहरूले आगामी १८ मेदेखि ३ महिनाभित्र दुबई छाडिसक्नुपर्नेछ । यसरी गएकाहरूले अवस्था सामान्य भएपछि कुनै पनि बेला आउन पाउनेछन् ।
यो निर्णयले लामो समयदेखि यूएईमा अवैधानिक रूपमा बसेर काम गरिरहेकाहरूलाई राहत मिल्ने भएकाे छ । भिजिटमा दुबई गएर अलपत्र परेकाहरूले पनि जरिमाना तिर्नु पर्दैन । तर, १८ मेदेखि ३ महिनाभित्र अर्थात् अगस्ट १८ भित्र देश छोडिसक्नुपर्नेछ ।