उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

 न्यूज विराट
उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज पोखरेलका अनुसार उपत्यका भित्रिने नागढु्ङ्गा नाकामा चेकजाँचलाई थप कडाइ गरिएको छ । दैनिकजसो बाहिरी जिल्लाबाट मानिसहरू उपत्यका भित्रिन थालेपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा चेकजाँचलाई थप कडाइ गरिएको उनको भनाइ छ ।

त्यस्तै, उपत्यकामा सडकमा हिँड्ने पैदल यात्रुलाई पनि प्रहरीले नियन्त्रण लिने भएको छ । पत्रकारलाई पनि अनिवार्य सूचना विभागको परिचयपत्र बोक्न निर्देशन दिएको उनले बताए ।

यता, गृह मन्त्रालयले पनि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाएको छ । साथै, अति आवश्यक कामका लागि हिँड्डुल गर्नुपरे उपयुक्त कारण देखाउनुपर्ने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको थियो ।

सम्बन्धित समाचार

सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना...

मुलुकको ढुकुटीमा माओवादीको ब्रम्हलुट : युद्ध पर्यटन भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

डाक्टर बिमलेश यादवको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा फिजिसियन डाक्टर बिमलेश यादवले स्वास्थ्य उपचार सेवा सुचारु गरेका छन् । अस्पताल प्रशासनले आइतबार डाक्टर बिमलेशलाई स्वागत गरेपछि स्वास्थ्य उपचार सेवा सुचारु गरेका हुन् । भारतको...

केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु

विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...

आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्