जातीय विभेदको आरोपमा महिला पक्राउ

 न्यूज विराट
जातीय विभेदको आरोपमा महिला पक्राउ

सोलुखुम्बु, १ जेठ-जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् ।

सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ । रासस

सम्बन्धित समाचार

आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित...

मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

विराटनगरमा ६७ औँ सहकारी दिवस भव्यरुपमा मनाइने

विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।यसका...

प्रधानमन्त्रीको राजीनामामा अड्कियो नेकपा विवाद

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक...

मोरङ सहकारीमा न्यूरो सर्जरीको भरपर्दो उपचार

विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्