एजेन्सी, जेठ १-अमेरिकाले चीनले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान रिपोर्ट ह्याक गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय जाँच एजेन्सी (एफबीआई) ले विज्ञप्ति जारी गर्दै चीनले अनुसन्धान रिपोर्टको तथ्यांक जोरी गर्ने कोशिस गरेको अरोप लगाएका हुन् ।
विज्ञप्तिमा अमेरिकी अनुसन्धान एजेन्सीहरुले कोरोनाबारे गरेका अनुसन्धानको तथ्यांक चीनले साइबर हमला गरेर चोर्न खोजेको आरोप लगाइएको छ । अमेरिकाले यो गम्भीर खतरा भएको टिप्पणी समेत गरेको छ ।
एफबीआई र डीएचएसको साइबर ब्युरो सीआइएसएले भनेको छ, ‘अमेरिकाका जुन संस्थामा कोरोनाबारे अनुसन्धान भइरहेको छ, त्यहाँ चीनको नजर रहेको छ । हेल्थकेयर, फर्मास्युटिकल र रिसर्च क्षेत्रमा कोभिड–१९ बारे काम भइरहेको छ । तर चीनको नजर यसमा रहेको र साइबल हमलाका माध्यमबाट चोर्नसक्ने कुरामा सचेत हुनुपर्छ ।’