एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

 न्यूज विराट
एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

एजेन्सी, जेठ १-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्न सक्छ र हामीबाट कहिल्यै नसकिन पनि सक्छ ।’

उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस कहिल्यै नसकिएको बताए । माइकल रयानका अनुुसार खोपबिना आम मानिसलाई यो रोगसँग लड्नका लागि इम्युनिटीको उपयुक्त स्तर हासिल गर्न केही वर्ष लाग्नसक्ने बताए ।

कोभिड–१९ को खोप तयार गर्नका लागि कोशिस भइरहेको छ । विश्वभर करिब १ सय खोप बनाउनका लागि काम भइरहेको छ । तर विज्ञहरुले खोप बनाउने प्रयास विफल हुनसक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...

२२ जना विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत-भारतबाट आएर सुनसरीका २ मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदैं भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्