टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

 न्यूज विराट
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ ।

बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री दमक– १ का १६ वर्षीय शोभित दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा खटिए प्रहरीको टोलीले साइकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

३१ वर्षीय पुरुष मृत फेला

भोजपुरको टेम्केमैयुम गाउँपालिका-५, बनापालाका ३१ वर्षीय ममत राई  बाटोमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा रुमला भन्ने स्थानमा राई मृत अवस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई कानुनी प्रक्रियाका साथै थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

३३ बर्षअघि देखि कार्यरत महिला स्वयंसेविकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित विदाइ गर्यो

विराटनगर, २७ भदौ । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्