पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

 न्यूज विराट
पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको स्वाबमा परीक्षण गर्दा ३९ जना नयाँ संक्रमित भेटिएको बताए ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा गत २ दिनमा ६ सय ८० जनाका स्वाब संकलन भएको थियो तीमध्ये ३९ जनामा कोभिड-१९ देखिएको हो । पर्सामा फिल्ड रिपोर्टिङमा क्रियाशिल पत्रकारलाई कोरोना संक्रमण भएको छ  । मङ्गलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमितमध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालका मेसु डाक्टर उपाध्यायले बताए ।

३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको डाक्टर उपाध्यायले बताए । फेला परेका ४ जनामध्ये २ जना वीरगञ्जका नाम चलेकै पत्रकार रहेका छन् । ‘केहीलाई सम्भावनाका आधारमा जाँच गरिएको हो, केही पहिले संक्रमितको सम्पर्कमा पुगेका र केहीले स्वस्फूर्त रूपमा स्वाब परीक्षण गराउनु भएको थियो’ मेसु उपाध्यायले भने ।

वीरगन्ज नगरपालिका १, २, ३ र १६ नम्बर बडाबाट स्वाब संकलन गरिएको थियो । ‘संक्रमण समुदाय स्तरमै पुगेको देखिन्छ । संक्रमितहरूलाई उपचारको व्यवस्थापनको विषयमा छलफल चलिरहेको छ,’ उपाध्यायले भने, ‘अब चुनौती थपिएको छ ।’

वीरगञ्ज र त्यस आसपासको क्षेत्रमा परीक्षणलाई अझै व्यापक बनाउनु पर्ने आवश्यकता रहेको जानकारहरू बताउँछन । यसअघि वीरगन्ज महानगरपालिका ३ छपकैयाका एकै परिवारका १७ जना कोरोना पोजेटिभ भेटिएपछि बस्ती सिल गरी कन्ट्याक्ट ट्रेसिङ सुरुगरिएको थियो । यस वस्तीबाट गरिएको स्वाब परीक्षणको परिणाम आउँदा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पर्सामा अहिलेसम्म ६४ जना संक्रमित भेटिएका छन् । तीमध्ये ३ जना निको भएकामा २ जनाको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...

नगरिक केयर सेन्टर विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग

विराटनगर, २ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व...

इटलीको अवस्था झनै बिग्रिदै, एकै दिनमा ७ सय ९३ को मृत्यु

कोरोना भाइरसको नयाँ केन्द्र बनेको इटलीको अवस्था झनै बिग्रदै गएको छ । चीनपछि सबैभन्दा बढी संक्रमित रहेको इटलीमा मृत्यु हुनेको संख्या भने चीनमा भन्दा करिब २ हजार बढी हुन लागेको छ । इटलीमा पछिल्लो २४...

विराटनगरमा टेबलटेनिस प्रतियोगिता, तीन स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ ।विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल...

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्