प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

 न्यूज विराट
प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् ।

संघीय संसदमा प्रि बजेट छलफलमा प्रतिनिधिसभाको बैठकमा सांसदहरूले दलीय आधारमा बोल्दै थिए ।  संसदको प्रि बजेट छलफलमा भाग लिन अर्थमन्त्री खतिवडा संसद पुगे पनि शून्य समयपछि दलीय आधारमा बोल्ने क्रममा उनी नदेखिएपछि सांसदले विरोध गरेका हुन् ।

शून्य समय समाप्त भएपछि दलीय आधारमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई बजेटको सिद्धान्त र प्राथमिकतामा बोल्न समय उपलब्ध गराए । उनले दिएको समयमा बोल्ने क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेन रोष्टममा पुग्दा अर्थमन्त्रीलाई नदेखेपछि जिज्ञासा कसले सुन्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

अर्थमन्त्री खतिवडाले आइतबार आगामी बजेटको सिद्धान्त प्राथमिकता प्रस्तुत गरेका थिए । बजेटको सिद्धान्त र प्राथमिकतालाई केन्द्रित गरेर सोमबार र मंगलबार छलफल राखिएको हो । आज सांसदले उठाएको जिज्ञासाको जवाफ दिएपछि आगामी जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

सम्बन्धित समाचार

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, चैत २–सार्क मुलुकका सरकार प्रमुख अहिले भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् । छलफलमा नेपालका प्रधानमन्त्री...

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल  बिओपी सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्