प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

 न्यूज विराट
प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् ।

संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको सोमबारको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली संघ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानुनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।’

कोभिड–१९ का कारण विस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरूले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको संख्या ५ लाख ८८ हजार ७ सय हुन सक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या २ लाख १० हजार ८७१ रहेको मन्त्रालयले जानकारी दिएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘एकैपटक ठूलो संख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।’

नेपालको कुल जनसंख्याकाको १५ प्रतिशत जनसंख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेसा र व्यावसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको संख्या छ । प्रवासमा रहेकामध्ये ठूलो संख्या श्रमिक छन् ।

विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको संख्या १२ लाख ११ हजार ९२४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य

काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता, तीन वटा फाइकल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, २१ कात्तिक–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

श्रोत नखुलेको ९ लाखसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । श्रोत नुखलेको ९ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ बाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्