काठमाडौं, २९ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुँदैन भन्ने भ्रममा नपर्ने आग्रह गरेको छ ।
कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वयस्क तन्दुरुस्त रहेकालाई कोरोना लाग्दै न भनेर भन्ने गरेका सुन्ने गरिएको बताउँदै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले नेपालमा देखिएका कोरोना भाइरस संक्रमित सबैभन्दा धेरै युवा उमेरका रहेका उल्लेख गर्दै स्वास्थ्य प्रति खेलवाड नगर्न आग्रह गरेका हुन् ।
‘वयस्क तन्दुरुस्त रहेकालाई कोरोना लाग्दै न भनेर भन्ने गरेका छन् नेपाल र विश्वकै तथ्यांक हेर्ने हो भने पनि बच्चादेखि ज्येष्ठ नागरिक सबैलाई कोरोनाले छोडेको छैन । संक्रमित छन् । नेपालको परिवेश हेर्दा २ महिनादेखि ८१ वर्षसम्मका संक्रमित भएको देखिन्छ । जसमा २० वर्षदेखि ५० वर्ष उमेर धेरै छन्’ उनले भने, ‘त्यसैले यो उमेरमा वयस्क छु तन्दुरुस्त छु मलाई कोरोना लाग्दैन भन्ने भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’
उनले ध्रूम पान तथा सुर्तीजन्य वस्तुको प्रयोगले गर्दा अझ कोरोनाको जोखिम बढ्ने उनले बताए । यस्ता वस्तुको सेवन वस्यक व्यक्तले नै धेरै गरेको सुन्ने र देख्ने गरिएकोले यो समयलाई ध्रूमपान र सूर्तीजन्य पदार्थबाट मुक्ति पाउने अवसरका रूपमा लिन सकिने पनि उनले बताए ।