लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

 न्यूज विराट
लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

कधिमी अदेल अब्दुल महदीको स्थान लिनका लागि प्रस्ताव गरिएका तेस्रो व्यक्ति हुन् । उनले ट्विटमा भनेका छन्, ‘हाम्रो लक्ष्य इराकको सुरक्षा स्थिरता र समृद्धि हो ।’

उनले आफ्नो कार्यकाल पूर्ण मन्त्रिपरिषदसहित गर्न भने नपाउने भएका छन् । राजनीतिक दलहरुबीच अझै पनि तेल र विदेश मन्त्रालयजस्ता मुख्य मन्त्रालयमा कसलाई ल्याउने भन्नेबारेमा छलफलमा रहेका छन् ।

संसदले व्यापार, संस्कृति, कृषि र प्रवासी मामलाजस्ता मन्त्रालयका लागि कधीमिले छानेका नेताको नाम अस्वीकार गरेको छ । अमेरिका र संयुक्त राष्ट्र संघले इराकमा नयाँ सरकार निर्माण भएकोमा स्वागत गरेको छ ।

तर उनीहरुले तत्कालै इराकको समस्यामाथि ध्यान दिन आग्रह समेत गरेका छन् । शिया समुदायका ५३ वर्षीय मुस्तफा अल कधिमीलाई राजनीतिक रुपमा स्वतन्त्र र तार्किक नेताका रुपमा चिनिन्छ ।

उनी एक पूर्वपत्रकार समेत हुन् । उनले सद्दाम हुसेनको शासनका समयमा लामो समय बेलायत र इरानमा निर्वासनमा बिताएका थिए । उनले त्यसबेला पनि सद्दाम हुसेनविरुद्ध खुलेर लेख्ने गर्दथे । सत्ता परिवर्तनपछि उनले गुप्तचर विभागमा काम गरेका थिए ।

सन् २०१६ देखि लिएर गत महिनाको अन्त्यसम्म उनी इराकी नेशनल इन्टेलिजेन्स सर्भिसका प्रमुख थिए । यो विभागमा उनको कार्यकालको अन्तिम समयतिर उनलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिइएको थियो ।

तर संसदमा आवश्यक बहुमत जुटाउन नसकेपछि मोहम्मद अल्लावी र अदनान अल–जुर्फीले आफ्नो नाम फिर्ता लिएका थिए । कधिमी भने ठूलो राजनीतिक समूहको समर्थन जुटाउन सफल भए । उनलाई अमेरिका र छिमेकी देश इरानले समेत मन पराउने बताइन्छ । तर उनले मन्त्री चयनलाई लिएर केही समस्या झेल्नुपरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल

विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको...

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर

एजेन्सी, ७ जेठ । कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्