एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

 न्यूज विराट
एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरू पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए । उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए । खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९...

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

विपन्नलाई भोजनको व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर, ९ जेठ । उच्च अदालत विराटनगरले सवै विपन्न नागरिकलाई भोजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रेमराज ढकालको इजलासले आइतबार विपन्न...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २५ असोज । निरन्तर विभिन्न सामाजिक कार्यमा सकृय रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ । आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि क्लबले चामल, दाल, घ्यू, चिउरा, भुजा र...

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी...

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

विराटनगर, २९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई÷दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट...

बद्धाश्रममा जेनेरल अस्पतालको निशुल्क स्वास्थ्य शिविर

विराटनगर, चैत १ –विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्