स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

 न्यूज विराट
स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना परीक्षणका लागि आवश्यक पर्ने किट ५० हजारको हाराहारीमा रहेको बताए । उनले किट प्राप्त भएपछि परीक्षणको दायरा पनि बढाउने रणनीतिमा सरकार रहेको जानकारी दिए ।

‘पीसीआर विधिबाट परीक्षण गर्ने दायरा बढाएका छौँ । ५० हजारको हाराहारीमा किट प्राप्त भएको छ । समग्र देशभर परीक्षणको संख्या बढाइँदै छ’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म प्रयोगशालामा पीसीआर विधिबाट १६ हजार ३ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । त्यसैगरी, ५५ हजार ९ सय ३० जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा १ हजार ७ सय ४२ जनाको परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म १०९ जनामा कोरोना देखिएकोमा ३१ जना निको भएर घर फर्किएका छन् । ७८ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिड्न नदिनू

काठमाडौं, ५ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण कसैले भोकै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।कोरोना का कारण लकडाउन लम्बिएपछि हिडेरै गाउँजाने क्रम बढेको भन्दै उनले यसलाई रोक्नसमेत मातहतका निकायलाई निर्देशन दिएका...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यापारी घरनाका उद्योगीहरूले प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालन गरेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले लाखौँ रुपैयाँ विराटनगर महानगरपालिकालाई सम्पत्ति कर नतिरेको पाइएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने डिपिएसको नाममा...

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...

कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ। पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्