भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

 न्यूज विराट
भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

एजेन्सी, बैशाख २७-भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरूको सख्या १ हजार ९८१ जना पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या १७ हजार ८४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शनिबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३९ हजार ८३४ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १९ हजार ६३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना विरामी छन्।

सम्बन्धित समाचार

कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको...

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ ।स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।...

घरेलु तथा सना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौलाको सम्भावना बलियो

विराटनगर, २५ मंसिर–नेपाल घरेलृु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन नजिकिँदै गर्दा आगामी कार्यकालका लागि सफल एवम् युवा उद्यमीहरु कार्यसमितिको नेतृत्वमा चयन हुने बलियो सम्भावना रहेको छ । युवा उद्यमीहरुले महासंघलाई नयाँ उचाईमा पुर्याउने भन्दै...

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा चुनावी नतिजा प्रमाणीकरण

एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो । योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती...

प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्