सप्तरी, बैशाख २६–म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरणको गुनासो बढेपछी सप्तरीमा अनुगमनले तिब्रता पाएको छ । उपभोक्ता एवम विभिन्न समाजिक संजालमा उपभोग्य समानहरुको मूल्य र गुणस्तरीताको बारेमा गुनासो बढेपछी अनुगमनले तिब्रता पाएको हो।
प्रशासनको अगुवाइमा शुक्रबार सप्तरीको रुपनी बजारमा भएको अनुगमनमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु फेला परेको छ । अगुमन टोलीले विभिन्न पशलको अनुगमन गर्दा बन्दाबन्दीको मौका छोपी म्याद गुज्रिएका वस्तु विक्रिवितरण भइरहेकोे फेला परेको थियो ।
अनुगमन टोलीले विभिन्न पसलहरुबाट म्याद नाघेका तेल, भुजिया, मसला, पेय पदार्थलगायतका खाद्यवस्तु भटेपछी नष्ट गरेको छ । त्यस्तै बन्दाबन्दीको वेवास्ता गर्दै भारतबाट अबैधरुपमा सामान ल्याउने एक महिलालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।