काठमाडाैं, २६ वैशाख-क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् ।
भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका ७२ जनालाई दुई सातादेखि उक्त क्वारेन्टाइनमा राखिएको थियो । तर, बिहीबार बिहान करिब ३ बजे १९ जना भारतीय भागेको खबर क्वारेन्टाइनमै बसेका अन्यले प्रहरीलाई गरेका थिए ।
उक्त क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन् । भागेका सबैको जुत्ता, चप्पल र ब्यागलगायतका सामान कोठामै छ । सामान्य ज्वरो जाँचेर क्वारेन्टाइनमा राखिएका उनीहरू एक साथ भागेका हुन् ।