भारतद्वारा एकतर्फी रूपमा लिपुलेकहुँदै चीन जाने सडकमार्ग उद्घाटन

 न्यूज विराट
भारतद्वारा एकतर्फी रूपमा लिपुलेकहुँदै चीन जाने सडकमार्ग उद्घाटन

एजेन्सी, बैशाख २६-भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सडकमार्गको उद्घाटन गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले भारतबाट चीनसम्मको सीमा जोड्ने ८० किलोमिटर लामो सडकमार्गको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन् ।

चीनको सीमासम्म बाटो बन्दा भारत सामरिक रुपमा बलियो हुने उनको भनाई थियो । कैलाशसरोवर जानका लागि यो मार्गबाट सहज हुनेछ । यस मार्गले नेपालको सीमासमेत जोड्नेछ । धारचुलाबाट ३ देशको अन्तर्राष्ट्रिय सीमाको सडक सुरक्षामा पुग्न ४ दिन लाग्ने भारतका सुरक्षाकर्मी अब एकै दिनमा त्यहाँ पुग्न सक्नेछन् ।

रक्षामन्त्री सिंहले सडक निर्माणका लागि बीआरओले गरेको कामको प्रशंसा गरेका थिए । यस क्षेत्रमा बाटो निर्माण गर्नु ठूलो चुनौती रहेको उनको भनाइ थियो । मन्त्रीले हरियो झण्डा देखाएर धारचुलाका लागि एसएसबीको सवारी साधन पठाएका थिए । अब शनिबार बिहान धारचुलाबाट चीनको सीमा जानेछ ।

उदघाटन समारोह नैनीसेनामा भएको थियो । कार्यक्रममा मुख्य अभियन्ता विमल गोस्वामी, विवेक भूषण, ओसी कर्नल सोमेन्द्र बनर्जी, जिल्ला अधिकारी डा ।विके जोगदंडे, प्रहरी प्रीति प्रियदर्शिनिको उपस्थिति थियो ।

सन् २००६ देखि लिपुलेकदेखि सडक निर्माण कार्य सुरु भएको थियो । २०१२ सम्ममा निर्माण गर्ने लक्ष्य राखेपनि भौगोलिक कारणले निर्माण प्रक्रियामा बाधा आएपछि पहाडको चट्टान फुटाउन अष्ट्रेलियाबाट आधुनिक मेसिन ल्याइएको थियो । नेपाली भूमिमा भारतले एकतर्फी रूपमा सडक बनाएको विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित समाचार

मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित...

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

‘आर्थिक क्षेत्र सवल बने मात्र राजनीतिक उपलब्धिको रक्षा सम्भव’

काठमाडौं, २७ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताएका छन् ।निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सके मात्रै राजनीतिक उपलब्धिको रक्षा गर्न सम्भव हुने...

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्