सांसद अपहरण प्रकरणमा सरकारले जवाफ दिनुपर्छ : नेम्वाङ

 न्यूज विराट
सांसद अपहरण प्रकरणमा सरकारले जवाफ दिनुपर्छ : नेम्वाङ

काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संघीय समाजवादी पार्टीका सांसद अपहरण प्रकरणका सवालमा सरकारले यथार्थ जानकारी दिन माग गरेका छन् । 

शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिविशेनमा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । यसअघि अपहरणको सवालमा प्रमुख प्रतिपक्ष दलका नेताले आपत्ति जनाएको सन्दर्भमा नेम्वाङले भने ‘भएको के हो ? यथार्थ कुरा आउँछ भन्ने हामी विश्वास राख्छौँ ।’

नेम्वाङले आफू र आफ्नो पार्टी कुनै पनि प्रकारको अपराधको पक्षमा नभएको भन्दै जवाफदेहिता र पारदर्शिताका लागि आफ्नातर्फबाट सहयोग गर्ने  प्रतिवद्धता जनाए ।

नेता नेम्वाङले कोरोनाविरुद्ध लड्न सबै दल एक ठाउँमा उभिने बताउँदै कोरोनाले धेरै क्षति पुर्‍याएको त्यस्तो क्षतिलाई परिपूर्ति गर्न सबै मिलेर आधार तयार गर्नुपर्ने साझा दायित्व भएको जनाए ।

सम्बन्धित समाचार

नेपाल पक्षका सांसदद्वारा विद्रोह : संसदीय दलको बैठक सहभागी

काठमाडौं, चैत्र ५-नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षमा रहेका सांसदले विद्रोह गरेर पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्सनपछि माधव पक्षका सांसद पार्टीले...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।...

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...

उदयपुरको शिवाई र मोतीगडा कोरोना खतरायुक्त क्षेत्र घोषणा, ७८ जनाको नमुना संकलन

गाईघाट, १२ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका-५, शिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४, मोतिगडामा पनि २० जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । प्रदेश नं १ का सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्