सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

 न्यूज विराट
सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका कारण सरकारले परीक्षणमा ढिलाइ गरेको हो ।

किट अभावमा प्रभावित क्षेत्रका जनताको परीक्षण हुन नसकेपनि सरकारले संघीय संसदका सदस्य र कर्मचारीका लागि भने दिनदिनै परीक्षण गरिरहेकाे छ।

सडकमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले समेत परीक्षण गर्न नपाइरहेका वेला नेपाली सेनाले ल्याउने भनेको किट आउन भने अझे एकसाता कुर्नुपर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा हाल कोरोना परीक्षण किट सकिएको अस्पतालले जनाएको छ । यसरी नै देशभरका कोरोना परीक्षण गरिने अस्पतालमा किटको अभाव छ । किट अभावकै कारणले गर्दा अहिले कोरोना परीक्षणका लागि नमुना संकलन गरिए पनि परीक्षणमा भने ढिलाइ भएको विभिन्न अस्पताल सूत्रले जनाएका छन् ।

सम्बन्धित समाचार

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक...

सामूहिक बलात्कार प्रकरण, कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद र जनही ३ लाख जरिवनाको फैसला

विराटनगर । १९ वर्षीया किशोरीलाई सामुहिक बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई अदालतले कैद सजाय निर्धारण गरेको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले...

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर । विराटनगर– ७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा – १२ मा अध्ययरत विद्यार्थीहरू हाजिरी जवाफ प्रतियोगिता सोमबार आयोजना गरेको हो । क्वीजमा कक्षा १२ का नौ वटा टीमको...

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

संकटलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावनामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय देखिएका शाहले सरकारले दैनिकी चलाउन नसकेर गाउँ फर्किन लागेकाे लस्करलाई उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका हुन् । 'दैनिक...

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्