भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

 न्यूज विराट
भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ ।

भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

भुल्केमा पहिलो चरणको स्वाब परीक्षणमा १२ भारतीय नागरिकसहित १६ जना स्थानीय मुस्लिम परिवार गरेर २८ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थाबारे अध्ययन गर्न पटक पटक कोरोनासम्बन्धी स्वाब सङ्कलन र परीक्षण गरिँदै आएको छ ।

पहिलो चरणको स्वाब सङ्कलन र परीक्षणमा २८ जनामा कोरोना देखिए पनि त्यसपछि पटक पटक गरेर तीनपटक परीक्षण गरिएको र पछिल्लो चरणका परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा कोरोना सङ्क्रमित २८ जना सबैको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये ६ जना भारतीय मुस्लिम नागरिकको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार डिस्चार्ज गरिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । – रासस

सम्बन्धित समाचार

आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...

काठमाडौंको बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी

काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी...

‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

काठमाडौं, २५ जेठ-आज विश्व खाद्य दिवस । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइँदै छ । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई खाद्य दिवसको...

न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

विराटनगरमा उपचाररत अर्का एक भारतीयले जिते कोरोना

विराटनगर, जेठ १–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको...

वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...

साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्