बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

 न्यूज विराट
बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

बझाङ, २५ वैशाख-बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त १ हजार १ सय किटमध्ये हाल ६० मात्र र्‍यापिड टेस्ट किट मौज्दात रहेको बताए ।

हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेस्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ ।जोशीले पर्याप्त मात्रामा पीपीई, थर्मलगन तथा किट अभावले परीक्षणमा समस्या भएको बताए । गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाङ भित्रिएका ६ सय १३ जनाको पनि स्वास्थ्य परीक्षण गर्न बाँकी छ । रासस

सम्बन्धित समाचार

पर्यटनमन्त्री भट्टराईले भने, ‘प्रोक्सी वार’ बन्द गरौँ

काठमाडौं, १७ असार-पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको जारी विवादका बारेमा बोल्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको परामर्श बैठकमा सहभागी भएपछि निस्केर...

नेम्वाङले भने, ‘स‌ंसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्‍याएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् ।  नेम्वाङले पार्टीभित्र...

सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो । शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी...

क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...

भारत : कांग्रेस नेता शशि थरुरविरुद्ध राजद्रोह मुद्दा

एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ ।  गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्