बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

 न्यूज विराट
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी बैठकका एजेण्डा के के हुने भनेर आज सचिवालयले निर्णय गर्ने बताइएको छ ।

नेकपाको सचिवालय बैठक २० वैशाखमा पनि बसेको थियो । उक्त बैठकमा विवाद मिलेको बताएपनि दुई दिनपछि पुनः विवाद सुरु भएको छ । विवादका बीच आज पुनः सचिवालय बैठक बसेको छ ।

नेकपाको ९ जनाको सचिवालयमा २० गतेको बैठकमा ओली बहुमतमा थिए भने प्रचण्ड नेपाल समूह अल्पमतमा । तर, आज बिहान खुमलटार पुगेर वामदेव गौतमले आफू ओली समूहमा नगएको बताएको समाचार बाहिरिएका छन् ।

सम्बन्धित समाचार

भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ

 काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...

नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको...

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

गाईघाट,  २३ असोज-जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

१ किलो सलह मारे १ सय रुपैयाँ दिने निर्णय

स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्