एजेन्सी, बैशाख २२-कोरोना भाइरस महामारीको संक्रमण रोक्नका लागि भारत सरकारले लगाएको लकडाउन केही खुकुल्लो पारेको छ ।यसैबीचमा भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन खुकुल्लो पार्ने नीतिअन्तर्गत मदिरा पसल खोल्न पनि अनुमित दिएको छ । भारतका देशभरमा मदिराका पसल खोल्ने छुट दिएपछि मानिसहरूमा उत्साहित बनेका छन् । बिहानैदेखि नै मानिसहरू मदिरा पसलमा भीड लागेको छन् ।
दिल्ली सरकारद्वारा मदिरा बिक्रिका लागि अनुमति दिएपछि लक्ष्मी नगरमा एक मदिरा पसल बाहिर मानिसहरू लामो लाइनमा देखिएका छन् । दिल्लीका सबै जिल्लाहरू कोरोना भाइरसका रेड जोनमा राखिएको छ । तैपनि मदिरा पसलहरू खुल्ला गरिएको छ ।
कर्नाटक राज्यमा पनि बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लाथि मदिरा पसल खुल्ला गरिएका छ । त्यहाँ पनि बिहान ७ बजेदेखि नै मानिसहरूको लाइन लागेको छ । छत्तीसगढको रायपुरमा पनि मदिराका पसल खुल्ला गरिएको छ । त्यहाँ पनि आज बिहानैदेखि मानिसहरू लाइनमा बसेका छन् ।