जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

 न्यूज विराट
जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षीया पत्नी वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘श्रीमतीले तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग छ, तिमी जहिले नि ढिलोगरि घर आउँछौ’ भनेर मानसिक यातना दिँदै आएकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

उनले वीणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर सलले घाँटी बेरेर हत्या गरी शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेर निकालेको हो ।

वैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजेको समयमा वीणालाई बलो काट्न जंगल जाऊँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको सलले बेरेर उसको हत्या गरी शवलाई जंगलमै गाडेको बयान चौहानले प्रहरीसमक्ष दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

उच्च जोखिम, न्यून सतर्कता

भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

अन्तःशुल्कको स्टिकरसहित मोरङको कर्सियादेखि व्यापारी पक्राउ, सोमबार धरौटि तोक्ने तयारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ कर्सिया बाट भण्डारन गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।कर्सिया बजारमा रहेको केशव निराना पसलका संचाकल ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलका प्रहरी...

खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

विराटनगर, ४ मंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलाम उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा...

लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्