भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, १ हजार ३७३ को मृत्यु

 न्यूज विराट
भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, १ हजार ३७३ को मृत्यु

एजेन्सी, बैशाख २२-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ ।

यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी बिरामी थपिएका छन् । साथै, गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका बिरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरूको संख्या २९ हजार ४ सय ५३ जना छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र १२ हजार ९ सय नागरिक संक्रमित भएका छन् ।

गुजरातमा ५ हजार ४ सय मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५ सय ५० जना बिरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही १७ मेसम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।

सम्बन्धित समाचार

स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र...

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामाग्री वितरण गरेको हो । नगर परिसरमा आयोजित कार्यक्रममा...

सूर्यराज र मुमारामद्वारा साझा पार्टी परित्यागको तयारी

काठमाडौं, २८ असार-साझा पार्टीका सचिवालय सदस्य डा. सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी परित्याग गर्ने तयारीमा पुगेको छन् । स्रोतका अनुसार साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै...

लकडाउन खुले पनि जोखिम अझै धेरै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले लकडाउनलाई हटाएर सन्त्रासमा रहेको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको भए...

सेनाको हेलिकोप्टरबाट कालापानी जाँदै आज सशस्त्रको टोली

काठमाडौं, ३१ वैशाख-सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान...

बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

जनकपुर, २५ वैशाख-लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले विवादसमेत गरेका थिए । भारतीयहरूलाई...

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्