लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

 न्यूज विराट
लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको समितिले जनस्वास्थ्य विज्ञहरू र अन्य डाक्टहरूलाई बोलाएर छलफल सुरु गरेको समितिका सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले जानकारी गराए । दिउँसो २ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा छलफल राखिएको छ ।

छलफलमा विदेशमा अन्य देशमा चालिएको कदम र नेपालको अवस्थाका सवालमा विज्ञहरूसँग जानकारी लिइने कार्यक्रम रहेको छ । यसअघि पनि सरकारले मोडालिटी परिवर्तन गर्ने तयारी गरेपनि अझै निष्कर्षमा पुग्न सकेको छैन ।

यसअघि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्पवमा समेत मोडालीटी तयार गर्नको लागि समिति बनाएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको अवस्थामा आगानमी दिनमा संक्रमण फैलन रोक्न गरी कसरि जनजीवन सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको हो ।

सम्बन्धित समाचार

प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।  अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...

कांग्रेस महाधिवेशन : अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह...

नेपालमा ११ हजार २४९ जनाले जिते कोरोना

काठमाडौं, १ साउन-बिहीबार २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसनमा उपचार गराइ २१३ जना निको भएर डिस्चार्ज भएइको हुन् । योसहित नेपालमा...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

विराटनगर, जेठ २३–मोरङको कटहरी गाउँपालिकामा सामुदायीक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य सुरु भएको छ । कटहरी गाँउपालिका–५ थलाह स्थित सूर्य दल गण व्यारेक परिसरमा रहेको २ कठ्ठाजग्गामा सर्पदंश प्राथमिक उपचार केन्द्र निर्माण कार्य सुरु भएको...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं, ७ भदौ-गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्