होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा

 न्यूज विराट
होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा

काठमाडौं, २२ वैशाख-होटल एसोसिएसन अफ नेपाल (हान)ले कोरोनाको कारण देखाउँदै दशैँसम्म सबै होटल बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण तत्काल होटल सञ्चालन गर्ने सक्ने अवस्था नदेखिएको भन्दै दशैँसम्म बन्द गर्ने प्रस्ताव गरेको हानले जानकारी दिएको छ ।

हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटलहरू १ वैशाखदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई  गरेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । कोरोना भाइरसका कारण दशैँसम्म होटल सञ्चालन गर्न सक्ने अवस्था नरहेको र तत्काल होटल बन्द गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हानका प्रथम उपाध्यक्ष शाहले बताए ।

‘होटल बन्द गर्दा ६ महिनासम्म मजदुरलाई १२.५ प्रतिशत तलब मात्र दिने प्रस्तावसमेत सरकारसँग हानको छ । मजदुरले सेवा शुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । २ महिनादेखि होटल बन्द छन् । करिब २ खर्ब रूपैयाँ नोक्सान भएको छ । होटल क्षेत्रमा कार्यरत ९ लाख श्रमिकलाई तलब खुवाएर राख्नुपर्ने अवस्था छ’, उनले भने ।

श्रमिक र व्यवसायीको जोखिमलाई ध्यानमा राखेर होटल दशैँसम्म बन्द गर्ने हानको निर्णय भएको उनको भनाइ छ । यस विषयमा सरकारले आधिकारिक निर्णय गर्छ भन्ने आसमा हान रहेको उनले बताए । श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटलले श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार

अमेरिकी सभामुख ताइवान पुगेपछि सैन्य कारबाही गर्ने चीनको घोषणा

अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...

सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द गर्न शिक्षक महासंघको चेतावनी

विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ । पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण...

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

रोटरी क्लबद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा २ देखि १४ वर्षसम्मका...

अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने

काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...

एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्