उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

 न्यूज विराट
उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो ।

रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । ‘दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ’ उनले भने, ‘दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।’

फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ ।

उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन् । ‘उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ’ उनले भनिन्, ‘विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने सङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।’

गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ । उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । जिल्लामा अवश्यक अधिकांश दैैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो ।

१० स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका ११५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ । रासस

सम्बन्धित समाचार

इप्रका रंगेलीलाई सफलता, एकै दिन १८ फरार अभियुक्त पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।...

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको छ । क्लबले सहयोग गर्दै आएको विराटनगर बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको हो ।  सेप्टेम्बर रोटरीको...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्नेबाट सावधान रहन प्रहरीको अनुरोध

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । २६ गते प्रहरी जवान पदको विज्ञापन भई...

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...

बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २३ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक...

सेवा सुविधामा विभेद गरिएको भन्दै २३ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ १०–विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरूले सामूहिक राजीनामा दिएका छन् । नेपाल भ्रमण वर्ष चलिरहेका बेला पाइलटहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्