कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

 न्यूज विराट
कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी, बैशाख २०-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो ।

कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ यो भाइरसबाट अहिलेसम्म ११ लाख ३१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ६५ हजार ७ सयको मृत्यु हुँदा १ लाख ६१ हजार ५ सय बिरामी भने उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिँदा १ हजार ८९७ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि बढी कोरोना प्रभावित स्पेनमा संक्रमितको संख्या २ लाख ४३ हजार नाघेको छ । जसमध्ये २४ हजार ८ सयको मृत्यु हुँदा १ लाख ४२ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार पुगेको छ । त्यहाँ २८ हजार २ सय व्यक्तिको मृत्यु हुँदा ७८ हजार संक्रमित निको भएका छन् ।बेलायतमा संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ । जसमध्ये साढे २७ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा १ लाख ६७ हजार, जर्मनीमा १ लाख ६४ हजार, टर्कीमा १ लाख २२ हजार, रसियामा साढे १ लाख १४ हजार, इरानमा साढे ९५ हजार, चीनमा करिब ८२ हजार ८ सय, ब्राजिलमा ९२ हजार, क्यानाडामा ५५ हजार, बेल्जियममा ४९ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा संक्रमितको संख्या ३७ हजार २ सय पुग्दा १ हजार २ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २ हजार ३९४ संक्रमित थपिँदा ६९ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाको अर्को बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १८ हजार नाघेको छ । जसमध्ये ४ सय १७ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ६१९ जना नयाँ संक्रमित थपिँदा ५६ जनाको र्मतयु भएको छ ।

शनिबार बिहानसम्म बंगलादेशमा ८ हजार २ सय, अफगानिस्तान २ हजार ३ सय, श्रीलंकामा ६ सय ९०, माल्दिभ्स ४ सय ९१, नेपालमा ५९ र भुटान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा देखिएको कोरोना विश्वका २१० देशमा फैलिसकेको छ । शनिबार बिहानसम्म कुल संक्रमितको संख्या ३४ लाख ५ सय नाघेको छ । जसमध्ये १० लाख ८१ हजार व्यक्ति निको हुँदा २ लाख ३९ हजार संक्रमितले भने ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

एसइई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत...

निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो...

प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग

प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...

आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री, विरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग

विराटनगर । विरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेशीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य पुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्