उदयपुरे भएकै कारण अपरेसन थिएटरबाट फेरि निकालिए बिरामी

 न्यूज विराट
उदयपुरे भएकै कारण अपरेसन थिएटरबाट फेरि  निकालिए बिरामी

विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर घर भएको भन्दै अपरेसन थिएटरबाट निकालिदिएको हो ।

बिहीबार घाँस काट्ने क्रममा भीरबाट लडेर देब्रे हात भाँचिएका त्रियुगा नगरपालिका–६, घनचक्रेका १६ वर्षीय भीमबहादुर खत्रीलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।

अपरेसनकाे तयारी गरेका नोबेल मेडिकल कलेजका डाक्टर प्रकाश सिटौलाले कुहिनोभन्दा माथिको भाग अपरेसन गर्नुपर्ने भन्दै शुल्क र आवश्यक उपकरण तथा औषधि किन्न लगाएका थिए ।

‘डाक्टरले भनेअनुसार हामीले ३२ हजार रुपैयाँ जम्मा गरिसकेका थियौं । डाक्टरले भनेजति औषधि र स्टिल किनेर ठिक्क पारेका थियौं । तर, अपरेसन गर्ने बेलामा उदयपुरको कुनै बिरामीको उपचार नगराउनू भन्ने निर्देशन छ भन्दै चिकित्सकहरूले अपरेसन थिएटरबाट निकालिदिए’, बिरामीका दाइ गोविन्द खत्रीले भने ।

बिरामी भीमबहादुर खत्रीले अपरेसन गर्ने बेलामा आफूलाई ठेगाना सोधेको बताए । उनले भने, ‘मैले घर उदयरपुर हो भनेपछि उहाँले खै कता फोन गर्नुभयो र तिम्रो अपरेसन हुँदैन भन्नुभयो ।’

खत्रीको उपचार गर्ने तयारी गरेका डा. सिटौलाले बिरामीलाई कोरोना परीक्षण गरेर आउनू भनिएको बताए । ‘उदयपुरमा धेरै कोरोना संक्रमित देखिएका छन् । उहाँ त्रियुगा नगरपालिकाकै हुनुहुन्छ । त्यसैले पहिला कोरोना परीक्षण गरेर आउनू भनिएको हो । ज्यानकाे माया सबैलाई हुन्छ’, डा. सिटौलाले भने ।

यसअघि बुधबार नोबेलले उदयपुर गाइघाट घर भई प्रसूतिका लागि भर्ना भएकी महिला २९ वर्षीया सरस्वती रौनियारलाई कोसी अस्पताल रेफर गरेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पटक–पटक गरी २८ जना कोरोना संक्रमण भेटिएपछि कतिपय अस्पतालले उदयपुरका बिरामीको उपचार नै गर्न अस्वीकार गर्न थालेका छन् ।

सम्बन्धित समाचार

भाडा नबढाए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीले भाडा बढाउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोराले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई बिहीबार एक पत्र लेख्दै आन्दोलन गर्ने चेतावनी...

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे...

१८ वैशाखसम्म सबै सीमा नाका बन्द रहने

सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । १० चैत २०७६...

राष्ट्रिय झण्डा जलाउने समूहका ४ पक्राउ, अन्यको खोजी तीव्र

काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो ।  महानगरीय अपराध महाशाखा प्रमुख...

मोरङमा २२६ जनाको उम्मेदवारी, कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशतर्फको निर्वाचनमाा १८ पदको लागि मोरङमा २ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा १०८ र प्रदेशतर्फ १ सय १८ जना उम्मेदवारले आइतबार...

चालक संघको वार्षिक उत्सवमा विराटनगरमा रक्तदान

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...

विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी: पराजुली

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्